देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

बाँके — बाँकेमा पछिल्लो चौबीस घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बैजनाथ गाउपालिका वडा नं २ का ३७ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं ४ का ४२ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ४६ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ३४ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं ९ का ६१ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ का ३९ वर्षीय पुरुष, सल्यान कुपिन्डेका ६० वर्षीया महिला, बर्दिया गुलरियाका ६० वर्षीय पुरुष, बर्दिया मधुवनका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बाँकेका दुई ठूला अस्पताल भेरी र कोहलपुर मेडिकल कलेजमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने २ सय २९ पुगेका छन् भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १ सय ७६ जनाको मृत्यु भइसकेको छ ।