देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाभाइरसको कारण राप्रपाको महाधिवेशन स्थगित

देशान्तर

काठमाडौं – कोरोनाभाइरसको दोस्रो लहरको जोखिमको कारण राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आसन्न महाधिवेशन स्थगित भएको छ ।

महाधिवेशन आयोजना आगामी जेठमा आयोजना गरिएको थियो ।

संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित भएको जनाएको छ । राप्रपा अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो । महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।