काठमाडौं – नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्रीले आफ्नो सफतमा प्रतिज्ञा भन्ने शब्द यो पर्दैनुभन्दै उच्चारण नगर्नु र संबैधानिक ब्यबस्था अनुरुपको ईश्वर को नाममा सफत नखाएर पुनः संविधानको उलंघन गर्दै अफ्नो निरन्तरको कीर्तिमानि कायम गरेको बताए ।
महामन्त्री तिमल्सिनाले सत्य,निष्ठा को बाटो हिड्ने सोच र नियत नै नभएको ब्यक्तिले सत्य र निष्ठा पूर्वक प्रतिज्ञा गर्छु भनेर सपथग्रहण गर्न नसक्नु सामान्य कुरा भएको बताए ।
फेरि ईश्वर को कुरा त अप्ठ्यारो पर्दाको रणनीतिक चालबाजी मात्र भएको, पशुपति जाने,राम मन्दिरको ढर्रा बजाउने सबै ढोङ्ग मात्र भएको भन्दै सफतमा किन लिन्थे ईश्वरको नाम तिमल्सिनाले बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया