देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण

देशान्तर

एजेन्सी – चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको छ । चिनिया अन्तरिक्ष यान जुरोङ्ग गएराति चन्द्रमाको सतहमा सफतापूर्वक अवतरण गरेको चिनिया अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

पृथ्वीको सतहबाट सात महिनाको यात्रा तथा तीन महिनासम्म चन्द्रमाको कक्षमा परिक्रमा गरेपछि चिनिया रोवर मंगल ग्रहमा अवतरण भएको हो । यसलाई अन्तरिक्ष अभियानमा चिनको अहिलेसम्मकै ठूलो सफलताको रुपमा हेरिएको छ ।

यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो ।