देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिग : विजेता म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित

देशान्तर

काठमाडौँ – यो वर्षको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले जारी लिगमा संघर्षपूर्ण जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा सिटीले पुनरागमन जित निकालेको हो ।

न्यूक्यासल युनाइटेडले दुई पटक पछि पारेको अवस्था उल्ट्याउँदै सिटीले ४–३ को जित हात पार्‍यो । घरेलु टोली न्यूक्यासलका लागि एमिल क्राफ्थ, जोलिन्टन र विलकले गोल गरे ।

सिटीका लागि क्यानसेलोले एक गोल गर्दा फेरान टोरेसले ह्याट्रिक गरे । जितपछि उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । न्यूक्यासल ३६ खेलबाट ३९ अंकसहित १६औँ स्थानमा छ ।