देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानी पत्रकारलाई म्यानमारको सेनाले गर्‍यो रिहा

देशान्तर

टोकियो – म्यानमारमा पक्राउ परेका एक जापानी पत्रकार रिहा भएका छन् । ४५ वर्षीय युकी किताजुमीलाई म्यानमारको सेनाले शुक्रबार ​रिहा गरेको हो ।

म्यानमारको सेनाले किताजुमीविरुद्ध सेनाविरोधी आन्दोलनमा सहभागी भएको, समाचारको माध्यमबाट हिंसा फैलाउन मद्दत गरेको र भिसा नियमहरु पालना नगरेको अभियोगमा मुद्दा चलाइएको थियो । गत फेब्रुअरीमा सेनाले कू गरेपछि म्यानमारमा मुद्दा चल्ने किताजुमी पहिलो विदेशी पत्रकार हुन् ।

तर, जापानले अनुरोध गरेकाले उनलाई रिहा गरिएको जनाइएको छ । गत अप्रिल १८ मा म्यानमारको प्रहरीले उनलाई घरमा नै छापा मारेर नियन्त्रणमा लिएको थियो । मिथ्या समाचार फैलाएको आरोप सत्य साबित भए उनलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । जापानले निरन्तर उनको रिहाइको माग गर्दै आएको छ ।

रिहा भएलगत्तै उनी म्यानमारको शहर रंगुनबाट जापान प्रस्थान गरेको दूतावासले जनाएको छ । जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीका अनुसार किताजुमीलाई जापानी दूतावासका कर्मचारीले रंगुन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेका थिए । कर्मचारीहरुका अनुसार उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

सेनाले शक्ति आफ्नो हातमा लिएर म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार यो अवधिमा म्यानमारमा ८० स्थानीय पत्रकार पक्राउ परेका छन् । जसमध्ये ५० जना अझै पनि हिरासतमा रहेका छन् ।