देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वरानी कोमल अस्पतालबाट डिस्चार्ज

देशान्तर

काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छिन् । अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो ।

उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

कोरोनाभाइरस संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु अस्पताल भर्ना भएका थिए । पूर्वराजा शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् ।

पूर्वरानीलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको नर्भिकले जनाएको छ ।