देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद

देशान्तर

काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी) मा डी ग्रेड (३० देखि ४० प्रतिशत अंक ल्याउने) मा उत्तीर्ण हुने विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्ने कि नखोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र उच्च माध्यमिक शिक्षा परिषदबीचमै चर्को विवाद देखिएको छ ।

शिक्षा मन्त्रालयको प्रस्तावमा उच्च माध्यमिक यिशक्षा परिषद्ले बिरोध गरेपछि विवाद चर्किएको छ । सवै विद्यार्थी उत्तीर्ण हुने गरी परीक्षा प्रणाली रुपमा प्रचार गरिएको शिक्षा मन्त्राय ३० प्रतिशतभन्दा माथि आंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिनुपर्ने धारणा रोखेको छ ।

परिषदले भने गुणस्तर कायम गर्नुपर्ने भन्दै सी ग्रेड सम्म अंक ल्याउने विद्यार्थी मात्रै भर्ना लिने गृहकार्य अघि बढाएको छ । परिषदको आन्तरिक वैठकमा गुणस्तर कायम गर्न पनि सी ग्रेडसम्मका मात्रै भर्ना गर्ने गृहकार्य अघि बढाएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

]]>