देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाङ र बाँकेमा थप १४ संक्रमितको मृत्यु

देशान्तर

लुम्बिनी – लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका-१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका-६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका-३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका-२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका-१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।