काठमाडौँ – राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार डा खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीमा पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय भएको बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा उम्मेदवारी दिएका उनले बिहीबार एमाले अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच सकारात्मक छलफल भए पनि आफ्नो उम्मेदवारी कायमै रहने बताए ।
एमालेको माधव नेपाल पक्षका उनले काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतको समर्थन रहेकाले उम्मेदवारमीमा पुनर्विचार हुन नसक्ने बताए ।
वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया