देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट

देशान्तर

काठमाडौं – सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ ।

कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको बताए ।

१६ लाख ८५ हजार ६२७ जना योग्य अवेदकमध्ये २ लाख ३४ हजार १९५ जनालाई १० कित्ताका दरले आईपीओ परेको सनराइज क्यापिटलले जनाएको छ । यसैगरी, बाँडफाँट भएको कित्ताबाट रहन आएको ४ सय कित्तालाई कम्पनीले १० कित्ताभन्दा माथि भर्ने आवेदकलाई थप १र१ कित्ताका दरले दिइएको छ । ४ हजार ४४२ जना आवेदन भने अयोग्य ठहरिएको थियो ।

आईपीओको नतिजा सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिने छ ।

सीईडीबीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।