पथरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाली काँग्रेस गाउँ कार्यसमिति भौडाहाले नववर्षको उपलक्ष्यमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब चाँडै स्थानीय निकायको निर्वाचन हुने भएकाले मतदाता नामावलीमा नाम नभएका र छुटेकाको नाम अद्यावधिक गर्ने कार्यमा लाग्न स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
देश सङ्घीयतामा गइसकेकाले अब गाउँपालिका निर्माणका लागि स्थानीयस्तरबाट जुट्न उनले आग्रह गरे । साथै नागरिकताको विषयमा अझै पनि मधेसका ग्रामीण क्षेत्रमा भ्रम हट्न नसकेकाले घर–घरमा गएर नागरिकताका विषयमा संविधानले व्यवस्था गरेको प्रावधानका विषयमा जानकारी गराउन उनले आग्रह गरे । मोरङको झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्यघरको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो नाटक घरमा संसारकै सबैभन्दा ठूलो काठको हलो बनाएर प्रदर्शनमा राखिएको छ । जङ्गली सिमलको सिङ्गो रूखबाट बनाइएको यो हलो पन्ध्र फिट लामो छ ।
यसको जुवा पनि दश फिटभन्दा लामो बनाइएको छ । यसलाई उचाल्न नौजना मानिस चाहिन्छ । झोराहाट नाट्यघर प्रवेशद्वारमा यसलाई स्थापित गरिएको छ । कालो रङ्गको हलोको अनौ पनि निकै लामो छ । रङ्गकर्मी तथा वरिष्ठ कलाकारले एकसाथ नाट्यघर उद्घाटन गर्नुभएको हो । वरिष्ठ कलाकार हरिहर शर्मा, प्राध्यापक डा अभि सुवेदी, आरोहण गुरुकुलका संस्थापक तथा नाट्यकर्मी सुनिल पोखरेल, अमेरिकी नागरिक बरुस पारडोलले एकसाथ नाट्यशाला, डबली तथा नाट्य केन्द्रको उद्घाटन गर्नुभयो । २२ लाख रुपैयाँको लागतमा नाट्यशाला निर्माण भएको हो । यसमा १२० जना बसेर हेर्न मिल्ने झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले बताए ।
]]>
प्रतिक्रिया