देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोभिड संक्रमित र मृतककाे संख्या कम हुँदै

देशान्तर

भारतमा कोभिड–१९ को संक्रमणदर र मृत्युदरमा केही कमी आएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ८ सय ८८ जनाको मृत्यु भएको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ । यो संख्या अघिल्लो दिनको तुलनामा ३ सयले कम हो । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख ६२ हजार २ सय ३९ पुगेको छ ।

सोही समयमा यहाँ थप ३ लाख ३८ हजार व्यक्ति कोभिड संक्रमिथ भएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन त्यहाँ ३ लाख ६८ हजार व्यक्ति संक्रमित भएका थिए । योसँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या २ करोड ४० लाख नाघेको छ ।

भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृत्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यहाँ अघिल्लो दिन २५ सयभन्दा बढीको मृत्यु हुँदा ७६ हजार संक्रमित थपिएका थिए ।

ब्राजिलपछि अमेरिकामा थप ७ सय ४० जनाको मृत्यु हुँदा ३७ हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अर्जेन्टिना र कोलोम्बियामा ४ सय भन्दा धेरै संक्रमितको मृत्यु हुँदा रुस, पोल्याण्ड र युक्रेनमा ३ सय भन्दा धेरै संक्रमितको ज्यान गएको छ । टर्की, इटली, जर्मनी, इरान, मेक्सिको र नेपालमा २ सय भन्दा बढीले कोभिडकै कारण प्राण त्यागेका छन् ।

योसँगै विश्वभर कोभिडबाट ३३ लाख ५७ हजार ५ सय ३२ जनाको मृत्यु हुँदा १६ करोड १७ लाख ९७ हजार ८ सय १० व्यक्रि संक्रमित भएका छन् । जसमध्ये १४ करोड ६३ लाख ३९ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन् । विश्वभर अझै १ करोड ७८ लाख ७ सय ८५ सक्रिय संक्रमित हुँदा ८ हजार ६ सय २६ जना गम्भीर अवस्थामा छन् ।