देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा उक्लियो

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ । विहीबार राति भएको खेलमा मड्रिडले ग्रानडालाई ४–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

यो जितसँगै बार्सिलोनालाई २ अंकले पछि पार्दै मड्रिड तालिकको दोस्रो स्थानमा उक्लिएको छ । ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड ८० अंकका साथ रहेको छ भने रियलको ७८ अंक पुगेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक रहेको छ ।


रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले एक एक गोल गरे ।

Image


१७ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रोड्रिगोले गोल गरेपछि रियलले २–० को अग्रता लिएको थियो । जोर्ज मोलिनाले ७१ औं मिनेटमा गोल गर्दै ग्रानडाको अन्तर २–१ मा झारेका थिए । ओड्रिओजोलाले ७५ औं र बेन्जिमाले ७६ औं मिनेटमा गोल गरेपछि रियल ४–१ गोल अन्तरले विजयी हुन पुग्यो । ला लिगा अन्तर्गत नै भिल्ला रियलले रियल भालाडोलिडलाई २–० गोल अन्तरले पराजित गर्दा इबार र रियल बेटिसले भने एक एक गोलको बराबरी खेलेका थिए ।