काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए ।
ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए ।
बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।
भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।
बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयले वातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र ले बताए।
‘कुराकानी सुरु भएको छ । सकारात्मक परिणाम आउने आशा गरौं’, पाण्डेले भने । बालुवाटारमा स्थायी कमिटीको बैठक बस्नुअगाडि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता भएको थियो ।
प्रतिक्रिया