देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा एथ्लेटिको मड्रिड उपाधि नजिक

देशान्तर

 स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ ।

लिग अन्तर्गत गएरातिको खेलमा रियल सोसिडाडमाथि २–१ को जित निकाल्दै एथ्लेटिको मड्रिड उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि यानिक कारास्को र एन्जल कोरियाले एक एक गोल गरे ।

रियल सोसिडाडका लागि जुबेल्दियाले ८३ औं मिनेटमा एक गोल फर्काए ।

जितपछि दुई खेल बाँकी छंदै शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको ८० अंक भएको छ ।

दोस्रो स्थानको रहेको बार्सिलोनाको समान खेलबाट ७६ र तेस्रो स्थानको रियल मड्रिडको ३५ खेलबाट ७५ अंक छ ।

गएरातिका अन्य खेलहरुमा सेभिल्लाले भ्यालेन्सिया, सेल्टा डी भिगोले गेटाफे र हुएस्काले एथ्लेटिको बिल्बाओलाई पराजित गरेका छन् ।