देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्यु दर उच्च

देशान्तर

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकामा चार हजार ३३१ सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार एक हप्ताअघिसम्म  रोगबाट मृत्यु हुने १४५जना रहेकामा यस हप्तामा  बढेर २५६ पुगेका छन् । मृत्यु हुनेमा सबैभन्दा वढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन् ।

सबैभन्दा बढी मङ्गलबार एकै दिन कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बैतडी र डडेल्धुराका, ३१ जनाको मृत्यु भएको छ ।