देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवललाई पराजित गर्दै ललितपुर सुपर लिगको दोस्रो क्वालिफायरमा

देशान्तर

काठमाडौँ – जारी नेपाल सुपर लिगमा ललितपुर दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा बुटवललाई १-० गोलले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो । 

ललितपुरको जितमा कप्तान अन्जन विष्टले खेलको ६२औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । हारसंगै बुटवल भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै अब ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । 

यसअघि धनगढी एफसीले काठमाडौंलाई पराजित गर्दै प्रतियोगिताको  फाइनलमा पुगिसकेको छ ।