देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

देशान्तर

काठमाडौँ – अमेरिकाले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ । कोभिड-१९ विरुद्धको लडाइँका लागि अमेरिकी रक्षा मन्त्रालययको ३.१ मिलियनसमेत गरी अमेरिकी सरकारले ३९.९ मिलियन डलर बराबरको सहयोग गरेको जानकारी दिएको हो ।

जसमा १०० भेन्टिलेटर, १० हजार थान पीपीई, ब्रिथिङ डिभाइस, आइसोलेसन सेन्टर निर्माणका सामग्री, टेलिमेडिसिन सामग्री लगायतका स्वास्थ्य सामग्री रहेका छन् । कोभिड-१९ महामारीको अघिल्लो र यो पटकको अप्ठेरो परिस्थितिमा अमेरिकी रक्षा मन्त्रालयले नेपालस्थित अमेरिकी मिशनका अन्य एजेन्सीहरूसँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रसम्म अत्यावश्यक सामाग्रीहरू यथाशक्य पुर्‍याउने कार्य निरन्तर गर्दै आएको जनाएको हो ।

कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण र पुर्‍याउने काम यो साता पनि जारी रहने जनाइएको छ ।