देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पतालको नर्स भर्नामा आर्थिक लेनदेन

देशान्तर

मोलमोलाईको आधारमा आवेदकहरूको सर्ट लिष्टिङ

काठमाडौं । मुलुक कोभिड– १९ संक्रमणले आक्रान्त भइरहेको बेला मुलुककै जेठो सरकारी अस्पताल बीर अस्पतालका पदाधिकारी भने कर्मचारी भर्ना प्रक्रियामा असुली धन्दा चलाइरहेका छन् ।

बीर अस्पताल प्रशासनले अस्पतालको आकस्मिक विभागको लागि १४ जना डाक्टर तथा ८ जना नर्सको माग गर्दै दरखास्त आह्वान गरेको थियो । उक्त माग बमोजिम हालसम्म २ सय जना नर्स र २३ जना डाक्टरको आवेदन परिसकेको छ ।

यसैगरी नयाँ सर्जिकल भवनमा २ सय शैय्याको कोभिड अस्पताल संचालन गर्न यही वैशाख २२ गते एक सय जना नर्स र ३ जना डाक्टरको माग गरिएको छ । जसअनुसार गत शुक्रबारसम्म १८ सय नर्सहरुको आवेदन परिसकेको छ ।

सर्जिकल भवन तत्काल सन्चानल गर्नुपर्ने भएकाले आवेदन दिएका सबैको परीक्षा लिएर भर्ना गर्न सम्भव नभएको भन्दै सर्ट लिस्टिङको आधारमा भर्ना प्रक्रिया अघि बढाइएको छ । यही मौका छोपेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर डा. सुवोधकुमार अधिकारी र निर्देशक डा. शान्त सापकोटाले आफूनिकट व्यक्तिहरु डा. सरोज शर्मा र शाअ रमणलाई जिम्मा दिर्दै उनीहरुबाट लेनदेन र आफन्त÷चिनजानको आधारमा ५५ जनाको नाम सर्ट लिष्टिङमा पारेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार रेक्टर अधिकारीको कोटाबाट १५ जना, निर्देश सापकोटाको कोटाबाट १९ जना, भिसिको कोटाबाट ५ जना र मन्त्रालयको लागि २१ जनाको नाम भर्नाका लागि अस्पताल प्रशासनमा पुगेको बीर अस्पताल प्रशासन शाखाका एक कर्मचारीले नाम नबताउने शर्तमा देशान्तरलाई जानकारी दिए । “यस्तो महामारीमा पनि ज्यान जोखिममा राखेर काम गर्छु भन्ने नर्सलाई पनि रकम लेनदेनको आधारमा भर्ना गर्नु, योग्य र सक्षम कर्मचारी नआउनु अस्पतालको लागि दुर्भाग्यपूर्ण हो, यो अस्पतालका यि जति नालायक, भष्ट्र र अपराधी कोही छैनन्”, उनले आक्रोश पोखे ।

रेक्टर डा. अधिकारीले नयाँ जागिरको लागि आवेदन दिएका दिने नर्स र निजका आफन्तसँग त्रिपुरेश्वरस्थित ‘ब्लु क्रस हस्पिटल’मा बोलाएर लेनदेन गरेको बीर अस्पताल ग्यास्ट्रो बिभागकै एक बरिष्ठ चिकित्सकले जानकारी दिए ।

यतिबेला बीर अस्पतालमा कोभिडको टिम ज्यान जोखिममा पारेर फिभर क्लिनिक, पिसिआर, जेनेटिक, प्याथोलोजि र फोकल पर्सन इमरजेंसीमा काम गरिरहेका छन् । अस्पतालमा भर्ना भएका विरामीहरुले अक्सिजन पाइरहेका छैनन् । इमरजेन्सी, आइसियु र कोभिड बार्डमा अक्सिजन नभएर दिनदिनै मृत्युवरण गर्ने विरामीको संख्या बढ्दो छ । तर पनि बीरका जिम्मेवार पदाधिकारीहरुको कमिसन मोहले अक्सिजन मेसिन खरिद प्रक्रिया अघि बढ्न नसकेको स्रोतले जानकारी दियो ।

बीर अस्पतालको नयाँ भवनका लागि कोसँग कति मूल्यमा अक्सिजन प्लान्ट, आइसियु बेड, भेन्टीलेटर, मनिटर जस्ता सामग्री खरिद गर्ने भन्ने विषयमा खरिद प्रमुख भगवती, निर्देशक सापकोटा र रेक्टर अधिकारीबीच कमिसनको कुरा नमिल्दा टेन्डर हुन नसकेको भीसी निकट एक चिकित्सकले बताए । “यिनिहरुको कमिसन मोहले दिनदिनै मर्नेको सख्या बढेको छ, उता जोखिम मोलेर काम गर्ने कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री छैन, समयमा तलव भत्ता, स्वास्थ्य बिमा, कोभिड भत्ता, शिक्षक र रेजिडेन्टलाई शैक्षिक भत्ता भने छैन । अस्पतालमा आइसियु, भेन्टीलेटर र अक्सिजन छैन तर नालायक र भष्ट्राचारी खरिद र न्याम्स का निर्देशक र रेक्टर भने कर्मचारी भर्नामा भष्ट्राचार, कमिसन नपाएका कारण पदाधिकारी र खरिद शाखाले उपकरण मर्मत नगर्ने, नया उपकरण किन्न र कमिसन खान आफुनिकटसग स्पेक मगाउँदै बसेका छन”, ति चिकित्सकले भने ।

नयाँ वनेको ५२० शैय्याको भवन सन्चानलमा उनीहरुको ध्यान गएको छैन । भवन सन्चानलमा स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गर्नु परेको छ । काठमाडौ महानगरले पाँच करोड बराबरको उपकरण दिन तयार हुँदा पनि वीरको खरिद एकाई र न्याम्सका पदाधिकारीले कमिशन नआउने भएपनि भेन्टीलेटर र अक्सिजन खरिदमा चासो नदिएको स्रोतले बतायो । “माहानगरले सामान दिदा कमिसन नआउने भएकाले सो सम्बन्धमा महानगरलाई केही जवाफ नदिई बसेको छ”, एक पदाधिकारीले भने, “वीरको इतिहासमा यि जस्ता नालायक र भष्ट्र पदाधिकारी कोही थिएनन र अव आउने पनी यस्ता चाही हुदैनन होला ।”

कर्मचारी भर्नामा सट लिस्टीङमा बस्ने रेडियोलोजिस्ट डा. सरोजले आफुनिकटसँग पैसा उठाएको एक कर्मचारी बताउँछन । उनले प्रसासनलाई पनि दवाव दिएर सट लिष्टीङ मा हस्ताक्षर गर्न लगाएको समितिकै एक कर्मचारीले जानकारी दिए । “सट लिष्टीङ फयर गर्नुपर्छ भन्छन तर डा. सरोजले आफू,, निर्देशक, रेक्टर र केही कर्मचारी नेताले दिएको नामहरु भने फाइल हेर्दे नहेरी हुन्छ हुन्छ भन्दै लिष्टमा हाल्छन् । सबैको फाइल हेर्ने हो भने थाहा हुन्छ निर्देशक, रेक्टर र केही कर्मचारी नेताका मात्र नाम परेका छन्”, उनले भने ।

आफुहरुले पैसा उठाएको थाह पाएर कर्मचारीले बिरोध गर्न थालेपछि र कर्मचारीले स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरीको तयारी गरेपछि बिरोध गर्ने कर्मचारीलाई सरुवा गर्दिने, कारवाई गर्छु, जागिर खाइदिन्छु भन्दै धम्काउने काम भर्ना प्रक्रियाको अनियमितता संलग्न पदाधिकारीबाट भइरहेको एक कर्मचारीले जानकारी दिए ।

वीरको अनियमितता सम्बन्धमा महालेखाको प्रतिवेदन २०७५/२०७६, सर्तकता केन्द्रको २०७५/७६ को बार्षिक प्रतिवेदन र सर्तकताको छानविन २०७६ ले स्पष्ट भनेको छ– अनियमितता भएको छ र सिटि मर्मतमा डा. सरोजले भष्ट्राचार गरेकाले सो रकम असुल उपर गर्नु भन्दै थप छानविनको लागि अख्तियारमा पठाइएको छ । सोही छानविनले कारवाई गर्नु भनेको खरिद एकाईलाई वीरका निर्देशक र उपकुलपति डा. डिएन शाहले अहिलेसम्म कुनै कारवाई नगरि खरिद एकाईमै राखेका छन् । अस्पतालका ति कर्मचारीले भने, “भिसि र खरिद प्रमुखबीच के छ यस्तो गहिरो सम्बन्ध कुन्नी, ६ बर्ष देखि हटाउन चाहादैनन् । जबकी खरिद प्रमुख भगवतीलाई कारवाई गरी बरिष्ठ कर्मचारी राखेर खरिद एकाई गठन गर्ने सर्तकर्ताले निर्देशन दिएको थियो ।”

वीर कर्मचारी युनियनले सर्तकताको निर्देशन बमोजिम दोषिलाई कारवाई र नयाँ खरिद एकाईको गठनको माग राख्दै आएको छ । यसैगरी सर्तकता केन्द्रको प्रतिवेदन अनुसार दोषीलाई कारवाई गर्न पनि युनियनको माग रहेको छ ।

कमिसन नपाएका कारण खरिद प्रमुख भगवती थपलिया र रेक्टर डा. सुवोधले बिग्रिएका सिटी स्क्यान, मेमोग्राम, इन्डोसकोपि, फाइवर स्क्यान, इबस, टीएमटी, सि–आर्म, १२ बटा भेन्टीलेटलगायतका उपकरण मर्मत नगरेको, ८० रूपैयामा पाउने ओपिडी छाप १५० बटा छाप सुवोध निकट चौरी गँगा सल्पाईसँग ५२५ रुपैयाँमा मा खरिद गरेको, रेक्टर सुवोध निमित्त भिसि हुदा भिसि कार्यालय जाने लिफ्ट जडान गर्दा ४० लाख भष्ट्राचार गरेको, दुवाकोट परियोजना संचानलको डिपिआर बनाउन आफुनिकटलाई दिन नपाएपछि दुइ आवको ८० करोड बजेट फ्रिज गराएको, न्याम्सको शैक्षिक संयोजन दिदा पैसा दिनेलाई मात्र बिषयगत सयोजन दिने गरेको लगायतका आरोपसहित युनियनले डा. सुवोध अधिकारीको सम्पति छानविन सहित अन्य बिषयमा छानविन गरि कारवाई गर्न प्रधानमन्त्री कार्यलय, संसद्को राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार, सर्तकता केन्द्र, सम्पत्ति शुद्धिकरण बिभाग, स्वास्थ्य मन्त्रि, स्वास्थ्य सचिव लगायतमा उजुरी दिएको निकै समय भइसकेको छ ।

डा. सुवोध तिनै व्यक्ति हुन् जसले तीन पटक मेडिकल काउंसिलको सदस्य हुदा मेडिकल कलेज नविकरण र कोटा निर्धारण गर्न जादा प्रति कलेज ३० लाख रुपैयाँ लिदै मेडिकल कलेजको बिरामी सख्या र पठाउने शिक्षक नहुदा पनि सबै ठिक छ भनि नेपाल मेडिकल काउंसिलमा प्रतिवेदन दिएका थिए । काउन्सिलमा रहदा उनी सर्वाधिक विवादित व्यक्तिमा गनिएका थिए । हाल उनी वीर अस्पतालको नियुक्तिमा पनि पैसा दिनेलाई मात्र सिफारिश गर्न भिसि डा. शाहलाई दवाव दिने गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार उनी अहिले नया सर्जिकल भवनलाई चाहिने अर्बौको उपकरण आफुलाई कमिसन दिने ब्यापारीलाई मिल्ने गरि स्पेक बनाउने र खरिद प्रमुख भगवतीसँग मिलेर टेन्डर गर्ने तयारीमा छन् । उनको बिरोध गर्ने कर्मचारी र डाक्टरलाई उनले धम्काउने र तर्साउने गरेको कर्मचारीहरु बताउँछन् ।

वीर अस्पताल स्वास्थ्य कर्मचारी संघले २०७७ फागुन ३ मा वीर अस्पताल तथा ट्रमा सेन्टरमा कर्मचारी भर्ना, उपकरण खरिद, उपकरण मर्मत, समायोजन हुन नक्कलि बिरामी भएको मेडिकल बोर्ड सिफारिश बनाएको, आफू निकटसँग कोटेशनमा सामान खरिदमा अनियमितता भएको, दुवाकोट परियोजना र सर्जिकल भवन संचानलमा बाधा खडा गरेकाले छानविन गरि पाउ भनि प्रधानमन्त्री कार्यालय, अख्तियार, सर्तकता र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको थियो । सो उजुरीमाथि प्रधानमन्त्री कार्यालय ले २०७७ फागुन ५ गते स्वास्थ्य मन्त्रालयलाई सो सम्बन्धमा छानविन गर्न निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयले २०७७ फागुन १३ गते १५ दिनभित्र छानविन गरी प्रतिवेदन दिनेगरी मन्त्रालयको प्रमुख जनस्वास्थ्य प्रशासक रिता भण्डारी जोशी संयोजक रहेको समिति गठन गरेको थियो । उक्त समितिले हालसम्म छानविन प्रतिवेदन नबुझाए पछि कर्मचारी युनियनले यही वैशाख १६ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सतर्कता, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव लगायतमा पुन उजुरी दिदै छानविन प्रतिवेदन बुझाउन नक्कलि मेडिकल बोर्ड सिफारिश छानविन गर्न माग गरेकोमा स्वास्थ्य मन्त्रालयले यही वैशाख १४ गते छानविन समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन ताकेता पत्र काटेको समितिका एक सदस्यले जानकारी दिए ।

छानविन समितिलाई आवश्यक कागजात वीर अस्पताल खरिद एकाइकी भगवती, ट्रमा खरिद र डा. सुवोधले उपलब्ध नगराएकाले प्रतिवेदन तयार गर्ने नसकेको ति सदस्यले बताए । उनका अनुसार वीर र ट्रमा खरिद एकाईले आफ्नो अनियमितता पर्दाफास हुने भएकाले आबश्यक कागजपत्र नदिएको हो । कर्मचारीलाई कोभिड भत्ता नदिएको, सेवा बिस्तार भत्ता, औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरोना बिमा नदिएको, अस्थायी करार, ज्यालादारी कर्मचारीलाई तीन तीन महिनासम्म तलव नदिएको, कोभिड भत्ता नदिएको तर कमिसनको लागि ब्यापारीलाई भने भटाभट रकम निकासा गरिएको छ । गत वर्ष कोभिड कर्मचारीलाई होटलमा राख्दा खरिद प्रमुख र कोभिडको समयमा डा. अधिकारीले भष्ट्राचार गरेको हुदा छानविन गर्ने माग गर्दे हाल समयमै तलव भत्ता, कोभिड भत्ता, कर्मचारी बिमा, आवश्यक स्वास्थ्य सुरक्षा सामग्री, कर्मचारी विरामी हुदा उपचार र बेडको ब्यावस्था तत्काल उपलब्ध गराउन सर्जिकल भवन एक सय शैय्या आइसियुसहित पुर्ण रुपमा सन्चानलको माग युनियनले गरेको छ ।