काठमाडौं – देशको स्वास्थ्य संस्थाले थेग्न नस्कने गरी कोडिड–१९ को संक्रमण बढेपछि नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।
संघले बुधबार एक अपील जारी गर्दै कोभिड–१९ को महामारीको जालोलाई तोड्नका लागि ‘रेड एलर्ट’ घोषणा गरेको हो ।
चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले जारी गरेको अपीलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौ ।
राष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज समेतलाई सम्बोधन गर्दै अपिलमा भनिएको छ ‘नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर रेड अलर्ट” घोषणा गर्दै सबैले आ आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपील गरीएको छ ।
प्रतिक्रिया