देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

देशान्तर

सुर्खेत – कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएको मन्त्री केसीले जानकारी दिइन्। ‘हामीले त राजीनामा बुझाइ सक्यौं,’ उनले भनिन्, ‘तर नयाँ मन्त्री को आउँछन् भन्ने अहिलेनै निर्णय भएको छैन। त्यो कुरा पार्टीलेनै निर्णय गर्नेछ।’