देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘यस्तो माया’ ले पायो छोटो समयमा २० लाख बढी भ्युज (भिडियाेसहित)

देशान्तर

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा पुरुष सर्जक तथा गीतकारको तुलनामा महिला सर्जक प्रायः कम नै छन् । उसो त साहित्य तिर कमल चलाउने महिला सर्जकको संख्या धेरै छ। तर पनि यता गीत सृजना तिर अलि महिला सर्जकको संख्या कम होकि भन्ने आँकलन गर्न सकिन्छ।

त्यस्तै, थोरै महिला सर्जकमा पर्छिन सर्जक तथा गीतकार निशा शर्मा अर्याल। उनले सृजनामा हात हालेको धेरै भएको छैन। हालसम्म उनको एउटा सृजना मात्र बजारमा आएको छ। तर त्यो सृजना सुन्दा लाग्छ, निशा एक अब्बल सर्जक हुन् भनेर।

त्यो सृजना हो “यस्तो माया” बोलको गीत। यो निशाले सृजना गरेको पहिलो गीत हो। यो गीत केही महिना अघि रिलिज भएको थियो। केन्द्र मोसन पिक्चर्सको युटुव च्यानलबाट रिलिज भएको हो। गीतमा लोकप्रिय गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज रहेको छ। संगीतकार दिपक शर्माको मेलोडियस संगीत गीतमा सुन्न सकिन्छ। निशाका प्रेमिक शब्दको समिश्रणले गीतलाई उत्कृष्टता दिएको छ। प्रताप र बेनिशाको गायिकी पनि गीतमा मिठास सुनिएको छ।

पहिलो गीतबाटै निशाले दर्शक स्रोताको राम्रो राम्रो प्रतिक्रिया पाएकी छिन् । क्यानडामा बस्दै आएकी निशाले गीत सृजनामा डेव्यु गर्दै गर्दा उनका धेरै शुभचिन्तकले बधाई तथा शुभकामना पनि दिएका थिए। गीत सुन्दा जति प्रेमिल अनि मेलोडियस लाग्छ, हेर्दा पनि छुट्टै किसिमको आनन्द आउने गर्छ। किनकी भिडियोमा समाबेश कथा बस्तुले हेर्ने जोकोहीले मन आकर्षित पार्ने गर्छ। लोकप्रिय नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। उनीहरूको अब्बल अनि जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ।

एउटा चोखो प्रेम सम्वन्धले सार्थकता पाएको र बिबाहमा परिणत भइ, त्यसपछि नब दम्पतीबीच हुने प्रेम सम्बन्धको कथालाई भिडियोमा आकर्षक अनि कलात्मक शैलीमा देखाइएको छ। जुन एकदमै उत्कृष्ट लाग्ने गर्छ। भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । उत्सव दाहालले आकर्षक फ्रेममा खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

रिलिज भएको छोटो समयमा गीतलाई युटुबमा राम्रो भ्युज मिलेको छ। करिब २ महिनाको अवधीमा गीतलाई २० लाख बढी भ्युज युटुबमा मिलेको छ। हालसम्म लाखौं लाइक अनि हजारौं सकारात्मक कमेन्ट पनि गीतले युटुबमा पाएको छ। त्यस्तै टिकटकमा पनि हजारौं भिडियो बनेका छन् । यसरी आफ्नो पहिलो सृजनालाई छोटो समयमै धेरै दर्शक स्रोताले रुचाउँदा अन्य सृजना गर्न हौसला एवम् प्रेरित मिलेको सर्जक निशा शर्मा अर्याल बताउँछिन् ।