देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद्को बैठक बोलाउन काँग्रेसको आग्रह

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीध्र आह्वान गर्न सरकारसित आग्रह गरेको छ ।  नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्का प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेपाली कांग्रेसले जनाएको छ । उपत्यकामा उपलब्ध  केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद् बैठक आह्वानमा सरकार उदासीन देखिएको आरोपसमेत लगाएको छ ।  

संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने आवश्यक ऐन तथा कानुन संसद्मा पेस गर्नुपर्ने र छलफल चलाउनुपर्नेमा सरकार उदासीन बनेको भन्दै सो बैठकले छिटो संसद् बैठक बोलाउन पहल गर्न सरकारसित माग गरेको नेकाँका प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए । सभापति शेरबहादुर देउवा संसदीय दलको नेता विजयी भएपछि सो बैठक पहिलो पटक बसेको थियो ।  सभापति देउवा आजै भारत भ्रमणमा जाने भएकाले दलको बैठक नेकाँका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो ।

 बैठकको सुरुमा वरिष्ठ नेता पौडेलले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र संविधान कार्यान्वयनमा दलले निर्वाह गरेको भूमिकाका बारेमा प्रकाश पारेका थिए । प्रवक्ता बडूले कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै गणन्त्रवादी र राजतन्त्रवादी मिलेर बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । भूकम्पपीडितलाई आवास निर्माण गर्ने आश्वासनमात्र बाड्ने काम सरकार र भूकम्प पुनःनिर्माण प्राविधिकरणले गरिराखेको उनले आरोप लगाए ।

यही वैशाख १० गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रजातन्त्रवादी समूहलाई विजय गराउन पहल गर्न बैठकमा छलफल भएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए । उनले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारसित आग्रहसमेत गरे ।  अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी वर्षको बजेट तथा योजना तर्जुमा सुरु भएकाले यसका बारेमा संसद्मा छलफल हुनेपर्ने बताए । 

]]>