काठमाडौं – नेकपा माओवादी केन्द्र नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्याउने निर्णय गरेको हो ।
माओवादीका सांसद देवेन्द्र पौडेल भन्छन्, ‘आज हाम्रो तर्फबाट अविश्वास प्रस्ताव दर्ताको० तयारी छ । तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं ।’
नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने पौडेलले बताए ।
प्रतिक्रिया