देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्ष दिनमा १५ लाख पटक भूकम्प

देशान्तर

काठमाडौं । अघिल्लो र यस सता जापान, इक्वेडर, अफगानिस्तानलगायत मुलुकमा आएका ठूला भूकम्पका कारण नेपाली पनि त्रसित बने–कतै नेपालमा फेरि गत वैशाख १२ को जस्तै भूकम्प आउँछ कि भनेर। तर भूकम्पको भविष्यवाणी गर्न नसकिएपनि यसको विगतको प्रवृत्ति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेका छन्।

राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा प्रत्येक वर्ष चार रेक्टर स्केलमाथिका भूकम्प ५० पटकभन्दा बढी भएका छन्। ‘ती प्रत्येक भूकम्पका आफ्नै परकम्प आउँछन्, अधिकारीले भने,‘वैशाख १२ गतेपछि मात्र नेपालीहरुको मानसिकतामा परिवर्तन भएर भूकम्पप्रति सजगता र भय बढेको हो।’  अधिकारीका अनुसारविश्वभरि १५ लाखपटक भूकम्प जान्छ।

सामान्यतया प्रत्येक वर्ष विश्वमा कहीं न कहीं ८ रेक्टर स्केलका भूकम्प एकपटक गएको देखिन्छ। एक वर्षमा सातदेखि ७ं।९ रेक्टर स्केलका भूकम्प १५ पटक जाने गरेको अधिकारीले बताए।  नेपाल भूकम्पीय जोखिमका हिसावले विश्वको १० औँ स्थानमा पर्छ। वैशाख १२ अघिसम्म पनि भूकम्पसम्बन्धी चेतना र चासो नभएका कारण सुरक्षातर्फ ध्यान नपुगेको अधिकारीको भनाई छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 
 

]]>