काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीमा देखिएको विवाद मिलाउनका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म पर्खिने भएको छ।
आइतवार साँझ सिंहदरबारस्थित संसद सचिवालयको हलमा भएको नेपाल पक्षीय करिब २० जना सांसदहरुको बैठकले विवाद समाधानका लागि ओलीलाई भोलि बिहान ९ बजेसम्म पर्खिने भएको हो ।
आजै सांसदबाट राजीनामा दिने भन्दै संसद सचिवालयमा जम्मा भएका नेपाल पक्षका सांसदबीच करिब ३ घण्टा लामो बैठक भएको हो । नेपाल पक्षले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुलाई पद छाड्न लगाएर भोलि हुने विश्वासको मतमा ओलीलाई असफल बनाउने योजना लिएको छ ।
सामूहिक राजीनामा दिन संसद सचिवालय पुगेका माधव नेपालसहितका सांसदहरु अझै एक दिन कुर्न तयार भएका हुन् । ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबारमै माधव नेपाललाई भेट्न गएपछि आज हुने भनिएको राजीनामा गोजीमा हालेर उनीहरु फर्किएका हुन् ।
प्रतिक्रिया