देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप ३७९ जनामा संक्रमण पुष्टि

देशान्तर

पोखरा – गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार गोरखामा ६०, तनहुँमा ६६, बाग्लुङ २०, स्याङजा २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्वमा १ र म्याग्दीमा १ गरी थप ३७९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ हजार ९७९ पुगेको छ ।

यसैबीच प्रदेशमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको प्रदेशमै पहिलो घट्ना हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।