देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पपीडितका नाममा आएको चामल सशस्त्रको गोदाममा

देशान्तर

काठमाडौं । भूकम्पपीडितका नाममा चीनले दिएको १९ सय ९७ बोरा चामल सशस्त्र प्रहरीको मूख्यालयको गोदाममा थन्किएको छ। चामल गृह मन्त्रालयको लापरबाहीका कारण गोदाममा थन्किएको हो।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार भूकम्पपीडितका नाममा आएको चामल लगायत राहत सामग्री लक्षित वर्गसम्म पुग्न नसक्दा म्याद गुज्रने अवस्थामा पुगेको उल्लेख छ।

यसरी राहत सामग्री गोदाममै थन्किँदा पीडितले पाउन सकेनन्। ७ हजार ६ सय ५० कार्टुन मिनिरल वाटर, २ सय ३६ कार्टुन टेन्ट वितरण नगरी गोदाममै मौज्दात छ।  सशस्त्र प्रहरीका प्रवक्ता एवं डिआईजी शैलेन्द्र खनालले गोदाममा राहत सामग्री नभएको दाबी गरेका छन्।

‘राहत आउनेबित्तिकै भूकम्पपीडितका लागि पठाइसकेका छौं, उनले भने,‘प्रतिवेदनमा कसरी उल्लेख भयो, थाहा भएन।’ कान्तिपुर दैनिकमा समाचार छ। 
 

]]>