देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेश सरकारलाई कांग्रेस महामन्त्री खड्काले दिए ७ बुँदे सुझाव

देशान्तर

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश सरकारलाई ७ बुँदे सुझाव दिएका छन्। शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत कर्णाली सरकारलाई सम्बोधन गर्दै महामन्त्री खड्काले कोरोना संक्रमण रोकथामका लागि सुझाव दिएका हुन्।

कर्णाली सरकारलाई सुझाव दिदैं खड्काले करिब २ महिना अघि देखि भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेको घटनाले नेपालीहरू भारतबाट तिव्रगतिमा कोरोना सहित प्रवेश गर्न सक्छन् भनी विगतको अनुभवबाट शिक्षा लिई कर्णाली प्रदेशको राजधानी र कतिपय जिल्लाका स्थानहरू कोरोना महामारीको हटस्पट बन्न सक्छन् भनेर २ महिना अघिनै अनुमान गरि, गर्न सक्ने पूर्वतयारी र ब्यवस्था समयमै नगर्नु सरकारको ठूलो कमजोरी मात्र नभई लापरबाहि पनि पनि भएको उल्लेख गरेका छन्।

यस्ता छन् महामन्त्री खड्काका प्रदेश सरकारलाई ७ सुझाव :-

१- कर्णाली प्रदेशका कोरोना प्रभावित सबै जिल्लाका स्थानमा तत्काल पिसिआर परीक्षणलाई अभियानका रुपमा तिव्रता दिई कन्ट्रयाक्ट ट्रेसिङ लाई व्यापक बनाइयोस्।
२- अक्सिजन , भेन्टिलेटर र आवश्यक औषधीको अभाव हुन नदिन सबै प्रकार पँहुचको प्रयोग गरियोस।
३- प्रदेश र जिल्ला अस्पतालहरूमा पर्याप्त बेडहरुको प्रबन्ध गर्न थप काम गरियोस।
४-विपन्न नागरिकहरूको सबै प्रकारको उपचार निशुल्क गर्ने व्यवस्था मिलाइयोस्।
५- दिनरात नभनी बिरामीको जीवन रक्षा गर्न आफ्नो जीवनलाई खतरामा राखी अहोरात्र खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई उत्प्रेरित गर्ने अन्य वातावरण निर्माणका साथै प्रदेश सरकारका तर्फबाट यथेष्ट अतिरिक्त आर्थिक सुविधा उपलब्ध तत्काल गराइयोस्।
६- स्थानीय सरकारहरूलाई प्रदेश सरकारका तर्फबाट थप बजेट उपलब्ध गराई यो अभियानमा समन्वयात्मक तरिकाले स्थानीय तहलाई थप क्रियाशील बनाउने वातावरण निर्माण गरियोस।
७- निषेधाज्ञा जारी गरिएका कारणले दैनिक जीवन गुजारा गर्न नसक्ने मजदुर लगायत विपन्न परिवारहरूलाई बिहान बेलुकीको खाना समेतको व्यवस्था गर्ने गरि राहत प्याकेज व्यवस्था गरियोस।