देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना उपचारमा खटिने कर्मचारीको मृत्यु भएमा २५ लाख

देशान्तर

प्रदेश १ सरकारले कोभिड १९ को संक्रमण व्यवस्थापन, नियन्त्रण र बिरामीको उपचारका क्रममा खटिएका कर्मचारीको मृत्यु भएमा उनीहरुको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारद्धारा खटाइएका बिरामी ओसारपसार, शव व्यवस्थापन, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सरसफाइ र कर्मचारीको कोभिड १९ संक्रमणका क्रममा मृत्यु भएमा उनीहरुको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

कोरोना संक्रमितको उपचारमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी, संक्रमित भइ बिरामी भएको अवस्थामा प्रदेश सरकारले उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने भएको छ ।

यस्तै संक्रमित भइ आइसोलेसनमा बस्न सक्ने अवस्था नहुँदा घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लाग्ने खर्च पनि प्रदेश सरकारले व्यहोर्ने छ।

प्रदेश सरकारद्वारा सञ्चालित कोसी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीलाई शुरुको तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गरिने छ ।