देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएल र युरोपियन फुटबलका नाममा १५ लाखसम्मको बाजी

देशान्तर

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग क्रिकेट तथा युरोमा भइरहेको फुटबल प्रतियोगिताको नेपालमा करोडौंको बाजी चल्ने गरेको खुलेको छ। बुकी खेलाउने अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर नेपालमा समेत यस्तो बाजीको धन्दा हुँदै आएको हो।

प्रहरीले यस्तो कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले साङ्गे ठकुरी र सुदीप गुरुङलाई पक्राउ गरेपछि सट्टेबाजीको धन्दा चल्ने गरेको खेलेको हो। उनीहरुले सट्टेबाजीसम्बन्धी बेवसाइट ब्रेट ३६५ डटकमको रेटको आधारमा नेपालमा बाजी खेलाउँदै आएको प्रहरस्ले जनाएको छ। यद्यपि उनीहरुले एक दिनमा १०–१५ लाख रुपैयाँको कारोबार गर्दथे।

पाँच हजारदेखि १०–१५ लाख रुपैयाँ सम्मको बाजी उनले खेलाउने गर्दथे। फोनबाटै डिल गरी उनीहरुले पैसा लेनदेन गर्दथे। ठकुरीकै नेतृत्वमा यसरी सट्टेबाजीको धन्दा चल्दै आएको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ। 
 

]]>