देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा सामान्य वृद्धि

देशान्तर


काठमाडौँ – नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १२.३५ अंकले घटेको परिसूचक यस दिनमा सामान्य १.९४ अंकले बढेको हो । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर २६५४.६९ बिन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले बढेर ४७५.४५ बिन्दुमा उक्लिएको हो । समग्र परिसूचकमा झिनो सुधार भए पनि यस दिन कारोबार रकम भने फराकिलो अन्तरले घटेको छ । 

सोमबार २१६ कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता सेयर कुल ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद-बिक्री भएको थियो । जबकि मंगलबार २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर कुल ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

मंगलबार लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फन्टको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।