देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रकाश सुवेदी, सिडी विजय र शिव के चौधरीको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

देशान्तर

काठमाडौं – गीतकार प्रकाश सुवेदी र संगीतकार सिडी विजयको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित म्युजिक भिडियो निर्माता कम्पनी एक्सन मिडियाले म्युजिक भिडियोसहित सार्वजनिक गरेको उक्त गीतमा गायक शिव के चौधरीले स्वर दिएका छन् ।

‘दोबाटोमा देखेर…’ बोलको उक्त गीतलाई अघिल्लो साता एक्सन मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । गीतकार सुवेदीको समीश्रण एल्बमको उक्त शीर्ष गीतको म्युजिक भिडियोको निर्देशन शेरवहादुर डिसीले गरेका छन् ।

पूर्वी नेपालको रमणिय क्षेत्र इलामको सेरोफेरोमा छायाँकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा निर्देशक शेरवहादुर डिसी र डिम्पल मञ्जिताले अभिनय गरेका छन् भने छायाँकन र सम्पादनको काम सुशील डागीले गरेका हुन् । भिडियोमा रंग भर्ने काम स्वखिम तिमल्सिनाले गरेका हुन् ।

भिडियोसहितको गीत सुन्न र हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।