देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काम गर्न नसक्नेलाई सरकारमा बस्ने अधिकार छैन् : डा शेखर

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले बर्तमान सरकारले लोकतन्त्र दिवस समेत नमनाएर मुलुकलाई सर्बसत्ताबाद तर्फ उन्मूख गराउँन खोजेको भन्दै यसको मूल्य सरकारले अवस्य चूकाउँनूपर्ने बताएका छन् । लोकतन्त्र दिवसलाई बेवास्ता गरेर यो सरकारले ६२/६३ को जनआन्दोलनलाई उपेक्षा गरेको समेत बताए ।

 भूपू सैनिक संघ बाग्लूंगको जिल्ला अधिवेशनलाई बाग्लुङको बरेंगमा संबोधन गर्दै उनले यस्तो बताएका हुन् । अर्को प्रशंगमा धारणा राख्दै डा कोईरालाले यो सरकार ईतिहाँसकै असफल भएको भन्दै कोईरालाले भने–‘हाम्रा प्रधानमन्त्री लाजै नमानी महंगी र कालाबजारी रोक्न सकिएन भन्नूहून्छ।मन्त्रिहरूले काम गरेनन् भन्नूहून्छ,यदी प्रमले काम गर्न नसकेको हो भने आजै सरकार छाडिदिए हून्छ,सक्नेले सरकार चलाउँछ,मूलूकलाई बर्बादी तिर लैजाने अधिकार कसैलाई छैन ।’  

उग्र राष्ट्रबाद र उग्र मधेसबादले मूलूकलाई ध्वस्त पार्ने खतरा रहेको भन्दै भारतिय चस्माले तराई–मधेसलाई नहेर्न सरकारलाई चेतावनी दिए । 

]]>