देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने

देशान्तर

काठमाण्डौ –काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने बताइएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधानसहित निषेधाज्ञा लम्ब्याउने तयारी भएकाले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर मापदण्ड बनाइ निर्देशन जारी गर्ने उनले बताए।

‘आजदेखि आन्तरिक उडान बन्द भएकाले हवाई यात्रुहरु विमानस्थल जानु नपर्दा सडकमा यात्रुहरुको सङ्ख्या घट्छ भने अरु चहलपहल पनि घटाउँछौँ’ प्रजिअ भट्टराईले भन्नुभयो । अब सरकारी कार्यालय तथा बैंक र वित्तीय कार्यालयहरु आधा क्षमतामा मात्रै चलाएर निश्चित सङ्ख्यामा मात्रै गाडी चलाउन दिने, अत्यावश्यक बाहेकका आवतजावत रोक्ने, नाकामा जाँचमा कडाइ गर्ने लगायतका तयारी भएको छ ।

भोलिदेखि नै थप कडाइ हुने र सङ्क्रमणको अवस्था हेरेर थप निर्णय लिने प्रजिअ भट्टराईले बताए ।