देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएकाे हाे ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन्।