देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वेष्टह्यामद्वारा बर्नली २–१ ले पराजित

देशान्तर

 इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ ।

यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा अटाएर आगामी सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउने आशा जीवितै राखेको छ ।

अवे मैदानमा भएको खेलमा वेष्टह्यामको जितमा दुवै गोल मिकेल एन्टोनिओले गरेका थिए । उनले २१ र २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा सुरुवाती अग्रता भने बर्नलीले लिएको थियो । उसका लागि १९ औं मिनेटमा पाएको पेनाल्टीमा क्रिस वूडले गोल गरेका थिए ।

जितपछि पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ । चौथो स्थानको चेल्सीको ६१ अंक छ ।

गएराति नै भएको अर्को खेलमा वेष्टब्रोम र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।