देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा वार्षिक एक लाख २५ हजार जनाले प्रवेश पाउने

देशान्तर

अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ ।

राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गरेका हुन् ।

उनले आगामी वर्षदेखि अमेरिकामा एक लाख २५ हजार जना शरणार्थीले वार्षिक रुपमा प्रवेश पाउने घोषणा गरेका छन् ।

गत वर्ष पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने शरणार्थीको संख्या १५ हजारमा सीमित गर्ने घोषणा गरेसँगै उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो ।

त्यसअघि आमेरिकामा वार्षिकरुपमा ६५ हजार शरणार्थीले प्रवेश पाउने गरेका थिए ।

राष्ट्रपति बाडइनले अघिल्लो सरकारको निर्णय अमेरिकाको मूल्य मान्यता विपरीत भएकाले नयाँ आदेश जारी गरेको बताएका छन् ।

उनले आगामी आर्थिक वर्षका लागि एक लाख २५ हजार जना शरणार्थीलाई अमेरिका प्रवेशको अनुमति दिने आफ्नो योजना रहेको बताए ।

राष्ट्रपति बाइडेनले आफ्नो चुनावी प्रतिवद्धताअनुरुप नै विदेश नीतिमा केही सुधार गर्न लागेको ह्वाइहाउसलाई उधृत गर्दै सीएनएनले जनाएको छ ।

गत जनवरीमा पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति बाइडेनले आप्रवासी शरणार्थीहरुबारे नयाँ कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए ।

तर मेक्सिकोबाट दक्षिण अमेरिकाको सीमा पार गर्दै आउने आप्रवासीको संख्या अत्याधिक भएसँगै बाइडेनको सो घोषणा कार्यान्वयन हुन सकेको थिएन ।