देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार

देशान्तर

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

यस्तै नेपालले टी–ट्वान्टी वरीयतामा समेत सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।

टी–२० वरीयतामा नेपालको उत्कृष्ट वरीयता ११ औँ स्थान हो । टी–२० नयाँ वरीयताको पहिलो स्थानमा इङ्ग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अस्ट्रेलिया छ ।