देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले जित्यो

देशान्तर

काठमाण्डौ–बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले दुई सय नौ रनले जितेको छ ।

क्यान्डीमा श्रीलङ्काले दिएको चार सय ३७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश पाँचौं दिन दुई सय २७ रन बनाउँदै अलआउट भयो ।

उसका लागि मुस्फिकुर रहमानले सर्वाधिक ४० रन बनाए । श्रीलङ्काका प्रविन जय विश्वकर्माले पाँच तथा रमेश मेन्डिसले चार विकेट लिए । पहिलो पारीमा श्रीलङ्काले चार सय ९३ रन बनाएको थियो भने बङ्गलादेश दुई सय ५१ रनमै अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलङ्काले एक सय ९४ रन बनाउँदै चार सय ३७ रनको विशाल लक्ष्य दिएको थियो ।

दोस्रो टेष्ट जितेसँगै श्रीलङ्काले श्रृङ्खला १–० ले जितेको छ । पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।