देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विनाशकारी भूकम्प गएको एक वर्ष पूरा

देशान्तर

काठमाडौं । विनाशकारी भूकम्प गएको एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो। भूकम्पमा परी झन्डै ९ हजार मानिसले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए। थुप्रै घरहरु ध्वस्त भएका थिए। 

भूकम्पमा परी घरहरु ध्वस्त भएपछि भूकम्पपीडितहरु पालमुनि नै बस्न बाध्य भएका छन्। भूकम्पका कारण ३१ जिल्लाका मानिसहरु प्रभावित भएका थिए भने सरकारले बढी क्षति भएका १४ जिल्लालाई भूकम्प प्रभावित जिल्लाको रुपमा घोषणा गरेको थियो।  विनाशकारी भूकम्प गएको एक वर्ष हुँदा पनि सरकारले पुनर्निर्माणको तिब्ररुपमा अगाडि नबढाउँदा भूकम्पपीडितहरु अझै पालमुनि नै बस्न बाध्य छन्। अघिल्लो वर्षको वर्खायाम र हिउँदामा चिसो रात पालमुनि बिताउन बाध्य भएका भूकम्पपीडितहरु यस वर्षको वर्खामा पनि पालमुनि नै बस्नु पर्ने हो कि भन्ने त्रासमा छन्। 

 विनाशकारी भूकम्प गएको १ वर्ष पुगेको तथा भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्म्झनामा काठमाडौंको सुन्धारामा रहेको धरहरा परिसरमा सरकारले स्मृति सभा गरेको छ। यस्तै बेलुका ७ बजे काठमाडौंको माइतीघरमा मैनबत्ती बालेर मृतकलाई सम्झिने कार्यक्रम राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा आइतबार मध्यान्ह नै  भूकम्प स्मारक निर्माणको शिलान्यास गर्नेछिन्। 

स्मारकको शिलान्यास गर्न राष्ट्रपति सेनाको हेलिकप्टरमार्फत गोरखाको बारपाक जाने कार्यक्रम रहेको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम्भूको अनन्तपुर मन्दिरको पुनर्निर्माण शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। शीर्ष दलका नेताहरुले पनि विभिन्न ठाउँबाट पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने कार्यक्रम मिलाइएको छ। 

]]>