देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिपी फाउन्डेसन अमेरिका च्याप्टरले यसरी मनायो मजदुर दिवस

देशान्तर

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउन्डेसन (जिपी फाउन्डेसन) अमेरीका च्याप्टरको कार्यालयमा विशेष कार्यक्रम गरी १३२औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाएको छ ।

फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले नेपालको मजदुर आन्दोलनमा ठुलो भूमिका खेलेका स्व. गिरिजा प्रसाद कोइरालाको सम्झनामा द्विप प्रज्वलन गरी कार्यक्रम सुरुवात गरेका थिए भने कार्यक्रममा उपस्थित सबैले स्व. गिरिजाप्रसाद कोईरालाको तस्वीरमा पुष्पार्पण गरी कोइरालाको राजनीतिक यात्रा विराटनगर जुटमील कारखानामा एक मजदुर नेता र ऐतिहासिक क्रान्तिबाट शुरू भएको अतित स्मरण गरिएको थियो । सन १९४८ मा स्व. गिरिजा प्रसादले नेपाल मजदुर कांग्रेसको स्थापना गरे र पछि आएर नेपाल मजदुर कांग्रेस नेपाल ट्रेड युनियन कांग्रेस मा परिणत भएको हो ।

यस कार्यक्रममा फाउण्डेशनका महासचिव छिरिंग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू प्रेम क्षेत्री अधिकारी र ध्रुव क्षेत्री कुँवर सहभागि थिए । कार्यक्रममा विशेष अतिथिको रूपमा एनआरएनए अभियान्ता एवं एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, नेपाली काँग्रेसका युवा नेता एवं न्युयोर्क कम्युनिटी वोर्ड ५ का सदस्य ज्ञानल थापा, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्षका प्रत्यासी आङ छिरिंग शेर्पा, उपाध्यक्षका प्रत्याशी शोभाकान्त पाण्डे र नेपाली काँग्रेस रूकुमका युवा नेता तेज सुनारको उपस्थिति रहेको थियो ।

मजदुर दिवसको अवसरमा यसै फाउण्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले मुलुकको मजदुरहरुका समस्या लाई उजागर गर्न स्व. गिरिजा प्रसाद कोइरालाले महत्वपुर्ण भूमिका खेलेको र विराटनगर जुटमिलबाट स्व. कोइरालाले मजदुर आन्दोलन गरी उनीहरुको हकहितमा काम गरेको स्मरण गरे । फाउण्डेशन का महासचिव छिरीङ राप्के लामाले स्व. कोइराला नेपाली राजनितिका शिखर पुरुषको रुपमा रहेको र उनको सम्झनामा स्थापित फाउण्डेशन सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताए । मुलुकमा अझै कोइराला जस्ता शिखर पुरुषको आवश्यक रहेको उनको भनाई थियो । साथै उनले स्व. कोइरालाको योगदान नेपाली राजनितिमा कहिलै भुल्न नसकिने बताए ।

सो कार्यक्रममा बोल्दै युवा नेता कृष्ण पोख्रेलले एनआरएन स्थापनादेखि हालका दिनसम्म आईपुग्दा भएका आरोह अवरोह र आगामी दिनका चुनौतीहरूबारे आफ्ना धारणा राखे । त्यसैगरी युवा नेता ज्ञानल थापाले गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित फ़ाउन्डेशनका गतिविधिले सबै नेपालीको शिर उच्च बनाएको बताए । प्रजातन्त्रको लागी कोइरालाको योगदान अद्वितीय रहेको स्मण गर्दै उनले प्रवासमा रहेका नेपालीले कोइरालाको जीवनवाट धेरै कुरा सिक्नुपर्ने धारणा राखे । साथै उनले फाउन्डेशन कोइरालाको सपना साकार पार्न लागी परेको कुरामा जोड दिए ।

त्यसैगरी एनआरएन न्युयोर्क च्यापटरका प्रत्याशी आगंकाजी शेर्पाले आफुहरू गिरिजा प्रसाद कोइराला फाउन्डेशन नाम नै पवित्र भएकोमा गर्व गर्दै कोइरालाबाटै प्रेरित भएर समाज सेवामा लागेको बताए । उनले आगामी २ वर्ष एनआरएन न्युयोर्कको तमाम समस्या र त्यसको समाधानमा आफू लाग्ने प्रतिवद्धता जनाउँदै फाउन्डेशनसँग हातेमालो गर्दै अगाडि बढने विश्वास दिलाए । उपाध्यक्षका प्रत्याशी शोभाकान्त पाण्डेले गिरिजा प्रसाद एक विशाल व्यक्तित्व भएको र कोइरालाको तस्वीरमुनी रही काम गर्नपाउँदा गौरव महशुस् हुने बताए । आगामी कार्यकालका लागी यो समावेशी टोलीलाई सहयोग गर्न अपिलसमेत गरे ।

फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिती सदस्य रामचन्द्र अधिकारीले राम्रो काम गर्ने जोसुकैलाई सहयोग गर्न आफुहरू सदा तत्पर रहेको बताए । अहिले निश्पक्ष रूपमा फाउन्डेशनले गरेका राम्रा काम सारा विश्व जगतले नियाली रहेको उनको भनाई थियो । फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले यसले कोरोना कहरमा गरेका मानवीय सहयोगको सबैले खुलेर प्रशंसा गरेको उल्लेख गरे । आफुहरू एनआरएनएलगायत सबै विषयमा सदा सच्चा प्रजातन्त्रवादीको पक्षमा रहेको उनको भनाई छ ।

आफ्नो ब्यानर कुनै व्यक्ति विशेषको लागीमात्रै नभएर सत्कर्म र सदविचारको पक्षमा रहेको विषयमा जोड दिए । उनले मे १ को पावन अवसरमा आफ्नो कार्यालयमा आएर स्व. गिरिजा प्रसाद कोइरालालाई सम्झेर कार्यक्रम सफल पारेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।