काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डाैमा दुई हजार सात सय ४४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय नाै जना काेराेनाका सङ्क्रमित थपिएका हुन् ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभर सात हजार दुई सय ११ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याे परीक्षण गरिएकामध्येकाे झन्डै ४३ प्रतिशत हाे ।
प्रतिक्रिया