देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

देशान्तर

बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ ९१० बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

तीन वर्षअघि धारा १६८ ९२०अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

साबिकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकाले पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।