देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स हार

देशान्तर

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई ईन्डियन्सले चेन्नई सुपर किङ्ग्सलाई चार विकेटले हराएको छ ।

दिल्लीमा शनिबार राति भएको खेलमा चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बईका केइरोन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुनाल पाण्डेय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डेयले १६ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।उसका लागि रायडुले अविजित रहँदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले भने अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए ।

जितसँगै मुम्बईले ७ खेलमा ८ अङ्क जोडेको छ । मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै चेन्नईले ७ खेलमा १० अङ्क जोडेको छ भने शीर्ष स्थानमा यथावत रहेको छ ।