देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट नगर प्रहरीको मृत्यु, महानगरका अत्यावश्यक बाहेक सबै सेवा बन्द

देशान्तर

मोरङ । विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयको अत्यावश्यक बाहेक सबै सेवा बन्द भएको छ । विराटनगर महानगरपालिकाले शनिबार सूचना प्रकाशित गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको जानकारी दिएको हो ।

विराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बैशाख १९ गतेदेखि महानगरपालिका र अन्तर्गतका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य, सरसफाइ, बारुण यन्त्र, एम्बुलेन्स र नगर प्रहरी बाहेक सबै सेवा बन्द हुने बताए ।

उनका अनुसार महानगरपालिकाका क्षेत्रमा तीव्र रुममा महामारी फैलिएको र महानगरपालिकाका कर्मचारीहरूलाई पनि संक्रमण भएका कारण अत्यावश्यक बाहेकका सबै सेवा वैशाख १९ गतेदेखि २५ गतेसम्मलाई बन्द गरिएको हो ।

कोरोना संक्रमणकै कारण विराटनगर महानगरपालिकाका नगर प्रहरी सूर्यबहादुर घिमिरेको शनिबार विहान उपचारका क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको थियो ।