काठमाडौँ –ईन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।
दिल्लीमा हुने खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।चेन्नई र मुम्बईबीचको खेल राति ७स्४५ बजे सुरु हुनेछ ।
आज चेन्नई छैटौं जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।चेन्नई ६ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मुम्बईलाई हराएर चेन्नई शीर्ष स्थान यथावत राख्न चाहन्छ ।यता, साविक विजेता मुम्बई भने चौंथो जित निकाल्ने योजनामा हुनेछ ।
मुम्बई ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दुई टिमबीचको पछिल्लो पाँच खेलमा मुम्बई बलियो देखिएको छ ।
मुम्बईले ४ खेल जित्दा चेन्नईले १ खेल मात्र जितेको छ ।
प्रतिक्रिया