देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं प्रशासनले जारी निषेधाज्ञामा थप कडाइ

देशान्तर

काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ।

शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर डिसिसिएमसी बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सो निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैं अनुगमनमा निस्केका छन्।

शनिबार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसाथ पराजुली अनुगमनमा निस्केका हुन्।

अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किनुस् भन्ने हाम्रो अनुरोध छ,’ पराजुलीले भने, ‘निस्केको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने गरिएको छ।’

सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताए।

प्रशासनले खोल्न पाइने र नपाइने पसल, खाद्यान्न, डिपार्टमेन्ट स्टोरबारे तोकिसकेकाले त्यसलाई पालना गर्नुपर्ने पराजुलीले बताए।