काठमाण्डौ –कोरोना –१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले आन्तरिक उडान बन्द गर्न सिफारिस गरेको छ ।
कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भएकाले आन्तरिक उडान बन्द गर्न सिफारिस गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
सरकारले कोरोना सङ्क्रमित बढेका जिल्लामा निषेधाज्ञा लगाएर गाडी चल्न बन्द गरे पनि आन्तरिक उडान भने खुला नै रहेका छन् । सुरक्षाका उपाय अपनाएर उडान गर्दा पनि जोखिम नै देखिएकाले उडान बन्दको सिफारिस गरिएको मन्त्री ढकालले जानकारी दिए । यसैबीच सरकारले कोरोना सङ्क्रमणको अवस्था भयावह भएका देशबाट नेपालमा हुने उडान रोक्ने तयारी गरेको छ ।
सीसीएमसीले भारतसहित सङ्क्रमण उच्च रहेका देशबाट नेपालमा हुने उडान रोक्न सिफारिस गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । सीसीएमसीका सिफारिस मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुनेछन् । भोलि नै मन्त्रिपरिषद्को बैठक बस्ने सम्भावना रहेको मन्त्री ढकालले बताए।
प्रतिक्रिया